Logo

दुई महिनामा १५ करोड घाटा, नेपाल वायुसेवा निगम अध्यक्ष खरेलको जागिर चट् हुँदै !



काठमाडौं, २१ कात्तिक । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको व्यक्तिगत स्वार्थका कारण निगमले दिनप्रतिदिन आरालो लागिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले खरेललाई मन्त्रालयमा बोलाएरै तत्काल पदबाट राजीनामा दिन कडा निर्देशन दिएका थिए । तर, खरेलले राजीनामा दिने मनशाय बनाएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वादका कारण खरेल निगमका अध्यक्ष बनेका हुन् । तर, स्वयम प्रधानमन्त्री ओलीसमेत उनको कार्यसम्पादनबाट सन्तुष्ट छैनन् । पछिल्लो समय ओलीले उनलाई बालुवाटार प्रवेशमा समेत रोक लगाएको स्रोतको दाबी छ । खरेलले निगमलाई सुधारको बाटोमा अघि बढाउनेगरि एउटापनि काम नगरेको निगमका कर्मचारीहरुको आरोप छ । हरेक निर्णय लिँदा आफ्नो लाभ–हानी हेर्ने खरेलको आदत बनिसक्यो । वाईडबडीको जापान उडानमा पनि खरेलले त्यही गरे, जे गर्दा आफूलाई लाभ र निगमलाई घाटा भयो ।

निगमको वाईडबडीले काठमाडौं–ओशाका सिधा उडान भरेको आज २ महिना १० दिन भयो । यो अवधिमा निगमले झण्डै १५ करोड हाराहारीमा घाटा व्यहोरेको छ । खरेललाई भने कुनै चासो र चिन्ता छैन् । उनको अदुरदर्शी र अपरिपक्व निर्णयका कारण निगम टाट पल्टिँदैछ । यो बीचमा खरेल आफ्नो स्वास्थ्योपचारको लागि भारत पुगेका थिए । उनले निगमको भारतमा रहेका म्यानेजरसँग व्यक्तिगत प्रयोजनको लागि २४ लाख रुपैयाँ लिएको पनि बुझिएको छ । अहिले मन्त्री भट्टराई र खरेलको बोलचाल नै बन्द छ । मन्त्री भट्टराई खरेललाई यही महिनाभित्रै हटाउने तयारीमा जुटेका छन् । मन्त्रालय स्रोतकाअनुसार अबको एक हप्ताभित्र खरेलको जागिर चट् हुँदैछ ।

https://reportersnepal.com/356347

https://reportersnepal.com/347113

https://reportersnepal.com/326376

https://reportersnepal.com/324271



प्रतिक्रिया दिनुहोस्