Logo

रुप ज्योतीलाई तीन दिन हिरासतमा राख्न म्याद



काठमाडौं, २२ कात्तिक । ठगी मुद्दामा पक्राउ परेका पूर्व अर्थ सहायकमन्त्री तथा व्यवसायी रुप ज्योतीलाई अनुसन्धानका लागि भन्दै तीन दिन म्याद थप गरिएको छ । उनलाई काठमाडौं जिल्ला अदालतले तीन दिन म्याद थपको अनुमति दिएको हो ।

बिहिबार सिंगापुरबाट काठमाडौं फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका ज्योतीलाई तीन दिन हिरातमा राख्न शुक्रबार अदालतले अनुमति दिएको हो । उनलाई महानगरी प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको थियो ।

विपश्यना आचार्यका रुपमा परिचित रुप ज्योती राजाको प्रत्यक्ष शासनका बखत अर्थ सहायकमन्त्री भएका थिए । उनीमाथि पौने तीन करोड ठगीको मुद्दा परेको थियो । जसमा उनको विपक्षमा फैसला भई पक्राउको मार्ग समेत खोलिएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot