Logo

प्याज काट्दा होइन, किन्दा आँशु आउँछ !



काठमाण्डौ । दशै, तिहार, छठलगायतको चाडपर्वको बेला उसै पनि तरकारीको मूल्य बढ्ने गरेको छ । त्यसलगत्तै क्रमश तरकारीको भाउ घट्ने गर्दछ । यसपटक पनि तरकारीको मूल्य पनि अकासिया र चाडपर्व सकिँदा पनि अपेक्षित रुपमा घटेको छैन । मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता छ । मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन ।

पछिल्लो महिनामा प्याज एकदम चर्चामा छ । यस भाउको जोक्स पनि बन्यो । टिकटकमा पनि ठाउँ ओगट्यो । हो, त्यही प्याजको भाउ अझै घटेको छैन । पछिल्लो समय नागरिकले यतिसम्म भन्न थालिसेका छन् कि पहिले प्याज काट्दा आशु आउथ्यो, आजकल प्याज किन्दा आशु आउँछ । कालीमाटी फलफुल तथा तरकारी बजारका सहायक कार्यकारी निर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा प्याजको मूल्य अहिले उत्कर्षमा पुगेको हो ।

जसको मल्य होलसेलमा नै १२५ देखि १३० रुपैयाँसम्म रहेको छ भने खुद्रा मुल्य १४० देखि १५० सम्म रहेको छ । दैनिकरुपमा हरेकजसो भन्सामा पाक्ने आलु, प्याज, हरियो खुर्सानीजस्ता तरकारीको मूल्य थोकमा ह्वात्तै बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सह–कार्यकारी निर्देशक अर्जुनप्रसाद अर्याल बताउँछन् ।

नेपालमा खपत हुने प्याजको कुल परिमाणमध्ये ९८ प्रतिशत भारतबाट आयात हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालिमाटीमा सरदर दैनिक ५४ प्रकारका तरकारी तथा फलफूलको खरिद बिक्री हुन्छ । गत बर्षको तुलनामा सबैको भाउ बढेको छ । यसका कारण दैनिक उपभोक्ता निकै मारमा परेका छन् ।

महिनौ भयो तरकारीको मुल्य बृदि हुदैगएको । लगातार यसरी तरकारीको मुल्यले डाडा काटिसक्दा समेत नियमनकारी निकाय कसैले पनि चोसो दिएका छैन्न । उपभोक्ताले सास्ती भोगिरहँदा पनि सरकार भने मुकदर्शक बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot