Logo

पाँच सय वर्ष पुरानो अयोध्या जमिन विवाद पूर्णविराम



भारतको सर्वोच्च अदालतले शनिबार गरेको फैसलाले पाँच सय वर्ष पुरानो अयोध्या जमिन विवादमा पूर्णविराम लगाइदिएको छ । हिन्दु र मुसलमान दुवैले दाबी गर्दै आएको २.७३ एकर्ड जमिन हिन्दुको पक्षमा जाँदा मुसलमानहरुका लागि योभन्दा झण्डै दोब्बर जमिन विकल्पका रुपमा दिने फैसला गरिदियो ।

बाबरी मस्जिदका लागि मुसलमानहरुले चाहेको स्थानमा जमिन पाउने गरी अदालतले फैसला गरिदियो । अब तीन महिनाभित्र राम मन्दिर निर्माणका लागि ट्रष्ट बनाउन समेत निर्देशन दिएको छ । उसले बाबरी मस्जिद निर्माणका लागि पाँच एकर्ड जमिन उपलब्ध गराउन आदेश दिएको छ ।

अदालतले बाबरी मस्जिद भएको स्थानमा इस्लामिक ढाँचा जमिन मुनी नभएकाले बाबरी मस्जिद खाली जमिनमा नबनेको उल्लेख गर्यो । बाबरी मस्जिद खाली जमिनमा नबनेको ठहर गर्दै गैर इस्लामिक ढाँचा थियो भन्यो । उक्त स्थानमा मन्दिर तोडेर बाबरी मस्जिद बनाइएको तर्क बलियो भयो । अदाललते अयोध्या भगवान रामको जन्मभूमी थियो पनि भन्यो ।

सन् १८५६ मा उक्त स्थानमा हिन्दु पूजा गर्थे भनियो । विदेशी यात्री देखि ऐतिहासिक तथ्यहरु समेत उल्लेख गरी फैसला गरियो । भारतको प्रधानन्यायाधीश रञ्जन गोगोईसहित न्यायाधीशहरु एस ए बोब्डे, डी वाई चन्द्रचुण, अशोक भुषण र एस अब्दुल नजिरको संवैधानिक इजलाशले हिन्दु सम्वद्ध रामजन्मभूमि ट्रष्टलाई जमिन रहने गरी फैसला गरेको हो । ६ डिसेम्बर सन् १९९२ मा कट्टरपन्थी हिन्दुहरुले राम मन्दिर भएको स्थानमा बाबरी मस्जिद निर्माण गरिएको भन्दै चार सय वर्ष पुरानो मस्जिद भत्काएपछि जमिनका बारे अदालतमा मुद्दा दायर भएको थियो ।

यसअघि सन् २०१० मा अलाहावाद उच्च अदालतले २.७७ एकर्ड जमिन सुन्नी वाक्फ बोर्ड, निर्मोही अखरा र राम लल्ला गरी तीन समूहलाई बाँड्ने फैसला गरेको थियो । त्यसविरुद्ध विभिन्न समूह त्यहाँको सर्वोच्च अदालत पुगेका थिए । अदालतले उच्च अदालतको फैसला उल्टाउँदै उक्त जमिनमा राम मन्दिर बनाउन फैसला गर्यो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्