Logo

कालापानी सीमा विवादः कूटनीतिक माध्यमबाट निकास खोज्न भारत इच्छुक



काठमाडौं, कार्तिक २५ । कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल पक्ष एक भएपछि भारतले पनि सोही माध्यमबाट विवाद समाधान गर्ने चासो देखाएको छ।भारतले परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमार्फत कालापानीलगायतका सीमा विवाद समाधान गर्ने इच्छा देखाएको हो।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई नेपालको पछिल्लो अडान अवगत गराएपछि बैठकमार्फत निकास खोज्न भारतले चाहेको परराष्ट्र मन्त्रालयस्रोतले जनाएको छ। भारतले एकपक्षीय ढंगबाट नयाँ नक्सा सार्वजनिक गरेपछि सो कदमविरुद्ध नेपालमा तीव्र विरोध प्रदर्शन भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा शनिबार भएको सर्वदलीय बैठकमा नेपालको भूमि हस्तक्षेप हुन नदिन तत्काल कूटनीतिक पहल थाल्न सामूहिक सुझाव आएको थियो।

गत भदौ पहिलो साता काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकले सचिवस्तरीय संयन्त्रमार्फत सीमा विवाद समाधान गर्न निर्देशन दिएको थियो।नेपाल समाचारपत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot