Logo

तीन दशकपछि नेपाल आउँदै बंगलादेशी राष्ट्रपति



काठमाडौं, कार्तिक २६ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणमा आउँदै छन्। तीन दशकपछि यो स्तरको द्विपक्षीय भ्रमण हुन लागेको हो।

सार्क स्थापना र नेपालले आयोजना गरेको सन् १९८७ को तेस्रो शिखर सम्मेलनमा पनि यस्तै भ्रमण भएको थियो। त्यसलाई द्विपक्षीय भनिँदैन। बंगलादेशका तत्कालीन राष्ट्रपति हुसेन मोहम्मद अर्सदले २०४५ असोज १६ मा नेपाल भ्रमण गरेका थिए। अर्सदले एकदिने सद्भावना भ्रमण गरेको तत्कालीन राजदूत मोहन लोहनीले बताए।

अर्सद नदी जोड्ने परियोजना अन्तर्गत सहकार्यका विषयमा छलफल गर्न काठमाडौं आएका थिए। परिवार र मन्त्रीसहित आएका उनले पाँच घण्टा नारायणहिटी दरबारमा बिताएका थिए। अध्ययन अगाडि बढाउने सहमतिसहित उनी फर्किएका थिए। अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्