Logo

राजपुर बमकाण्डः अपहरण गरी बयान फेर्ने कागजमा सही गराए



काठमाडौं, कात्तिक २७ । राजपुर बमकाण्डसम्वन्धी मुद्दाका आरोपित मोहम्मद आफताव आलम पक्षले बम बिस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ ।
बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका चमारले आफूलाई चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको स्पष्ट पारेका छन् । आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको थियो । सोही समय अदालत प्रवेश गर्दै सरकारी साक्षिका रुपमा राखिएका चमाले आफूलाई प्रहरीले पक्राउ गरी जवरजस्त गलत बयान गर्न लगाएको भन्दै निवेदन दिन लगाएका थिए । तर, थुनछेक बहस चलिरहेको अवस्थामा साक्षी अदालतभित्र गई कुनै बयान दिन नपाउने भए पनि चमार जवरजस्ती अदालत प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसलगत्तै प्रहरीसमक्ष आफूलाई अपहरण गरी बयान फेर्न वाध्य बनाएको भन्दै चमार रोएका थिए । साथै आलम पक्षले आफू र आफ्नो परिवारको ज्यान लिने धम्की दिएको भन्दै सुरक्षाको लागि प्रहरीलाई आग्रह गरेका थिए ।
आजको नागरिक राष्ट्रिय दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot