काठमाडौं, कार्तिक २७ । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा चार लेनमा विस्तार गरिने नारायणगढ–बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कनमा आएको समस्याका कारण अगाडि बढ्न सकेको छैन ।
आठ महिना बित्न लाग्दा पनि वन तथा वातावरण मन्त्रालयबाट ईआईएबारे अन्तिम स्वीकृति प्रदान हुन नसक्दा काम अगाडी बढ्न नसकेको जनाइएको छ ।
सडक विभागले यसअघि नै ईआईको प्रतिवेदन वन तथा वातावरणमा स्वीकृतिका लागि पठाइसकेको छ भने रूख काट्ने अनुमति माग गरे पनि स्वीकृति प्राप्त गर्न सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ८ गते उक्त सडकखण्ड विस्तारका लागि शिलान्यास गरेका थिए।गोरखापत्र दैनिकबाट