Logo

पूर्व विश्व सुन्दरी मानुषी अक्षयकुमारसँग फिल्ममा डेब्यु गर्दै



चर्चित अभिनेता अक्षय कुमारको ऐतिहासिक नाटक रुपान्तरण पृथ्वीराजमा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर नजर आउने छिन् । मनुषी छिल्लरले यस फिल्म अन्तरगत बलिउडमा प्रवेश गर्ने भएकी छिन् । यो फिल्म चर्चित निर्माता यसराजको ब्यानरमा बन्ने भएको कारण यो फिल्म प्रदर्शन अगावै चर्चा बटुलेको छ । ठूलो ब्यानरले मानुषीलाई हिरोइन बनाउँदा उनी गौरवान्वित भएको जनाएकी छिन् ।

आफ्नो जीवनमा एक पछि अर्का सफलता हात आउनु परीको कथा जस्तै भएको बताइन् । साथै पहिलो फिल्ममा ठूलो ब्यानर र ठूलो कलाकार सँग काम गर्न पाउँदा आफ्नो जीवनको नयाँ अध्याय खुलेको बताइन् । यो फिल्म १२ शताब्दीका राजा पृथ्वीराजको बारेमा रहेको छ । यस फिल्मा अक्षयले पृथ्वीराजको भूमिकामा नजर आउने र मानुषी छिल्लर पृथ्वीराजको पत्नी संयोगीताको चित्रण गर्नेछिन् ।

यो फिल्मको निर्देशन चन्द्रप्रकाश द्विवेदीले गर्नेछन् । राजकुमारी संयोगीताको व्यक्तित्व एकदम उच्च रहेको र यस्तौ प्रकारको भुमिका गर्न निकै चूनौतिपूर्ण रहेको मानुषी छिल्लरले बताइन् । आफू यस भूमिकालाई राम्रो सँग निर्वाह गर्न बताइन् । यो फिल्म २०२० को तिहारमा प्रर्दशनमा आउने निर्देशक चन्द्रप्रकाश द्विवेदीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot