Logo

सन्दीप लामिछाने दिल्लीबाटै खेल्ने (दिल्लीको खेलाडी सूचीसहित)



नेपाली बलर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले टोलीमा निरन्तरता दिएको छ । दिल्लीले शुक्रबार साँझ निरन्तरता दिइएका खेलाडीको सूची सार्वजनिक गर्दा सन्दीप पनि परेका हुन् ।

सन्दीपसहित तीन विदेशी खेलाडीलाई दिल्लीले निरन्तरता दिएको छ । ११ भारतीय खेलाडी पनि टोलीमा निरन्तरता दिइएका छन् । कुल १४ खेलाडीको सूचीमा सन्दीप बलरका रुपमा समावेश छन् ।

विदेशी खेलाडीमध्ये यसअघि पनि दिल्लीबाट खेलिसकेका कागिसो राबाडा र किमो पाउलले पनि निरन्तरता पाएका छन् । दिल्लीबाट यसअघि खेलेका क्रिस मोरिस, कोलिन इनग्राम र कोलिन मुनरो टोलीमा परेनन् ।

सन् २०२० को आइपिएल क्रिकेटका लागि टोलीहरुले धमाधम खेलाडी अनुबन्धन गरिरहेका छन् । दिल्लीले आफ्नो खेलाडी निश्चित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot