Logo

कुवेतविरुद्ध भिड्दा नेपाली टोलीबाट को को उत्रलान् मैदानमा



काठमाडौं, २ मंसिर । नेपालले मंगलबार अपरान्ह पौने तीन बजे कुवेतविरुद्ध विश्वकप फुटबल छनोट खेल्नेछ । घरेलु मैदानमा खेलाइने खेल रंगशालाको मर्मत सन्तोषजनक नहुँदा न्युट्रल ग्राउन्डका रुपमा थिम्पुमा खेलाउन लागिएको हो ।

यसअघि कुवेतविरुद्धको खेल ७-० ले गुमाएको नेपाली टोलीका लागि मंगलबारको खेल चुनौतीपूर्ण हुनेछ । टोलीका भरपर्दा स्ट्राइकर विमल घर्तीमगर, आक्रामक मिडफिल्डर अञ्जन बिष्ट, रक्षक दिनेश राजवंशी र मिडफिल्डर सन्तोष तामाङ अनुशासनको कारबाहीमा परेपछि टोलीबाट निष्काशित छन् । उनीहरुको ठाउँमा को को अन्तिम ११ मा पर्नेहुन् प्रतिक्षाको विषय बनेको छ ।

टोलीमा पुनः समावेश गरिएका भरत खसास स्ट्राइकरका रुपमा समावेश हुने बुझिएको छ । रोहित चन्द आक्रामक रक्षापंक्तिमा रहने सम्भावना छ ।
यसअघि शुक्रबार अखिल नेपाल फुटबल संघले सूचना जारी गरी प्रशिक्षक जोहान कालिनले टोली घोषणा गरेको जनाएको थियो । टोलीको कप्तान किरण चेम्जोङ छन् । उनी गोलरक्षक हुन् ।

नेपाली टोली
गोलरक्षक: किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ
रक्षक: सरोज दाहाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, अजित भण्डारी र रञ्जीत धिमाल ।
मध्यपक्ति सुनिल बल, बिक्रम लामा, रविशंकर पासवान, मिक्छेन तामाङ, सुवास गुरुङ रोहित चन्द, सुजल श्रेष्ठ र तेज तामाङ
अगंपंक्ति: भरत खवास, नवयुग श्रेष्ठ, र अभिशेक रिजाल Photo Source: ANFA



प्रतिक्रिया दिनुहोस्