Logo

मन्त्रिपरिषद पुर्नगठनबारे जानकारी गराउन ओली प्रचण्डको राष्ट्रपतिसँग भेट



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले एकसाथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । बुधबार विहान दुवै नेता भण्डारीलाई भेटेर मन्त्रिपरिषद् पुर्नगठनबारे छलफल गरेका छन् ।

भेटमा सरकारको कामकारबाहीको समिक्षा समेत भएको बुझिएको छ । दुवै नेताले राष्ट्रपति भण्डारीसँग सुझाव समेत लिएका छन् ।
राष्ट्रपतिसँगको भेटपछि ओली र प्रचण्डबीच छलफल हुने र सचिवालय बैठक बसी मन्त्रीहरुको टुंगो लगाइने बुझिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्