Logo

जयबहादुर चन्दको नाम सुन्नेवित्तिकै ओली असन्तुष्ट



काठमाडौं, ४ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त दुई सदस्य पदमा नेपाली काँग्रेसले एउटा दाबी गरेको छ । संवैधानिक परिषद्को बैठक बसालेर संवैधानिक निकायहरुमा नियुक्तीका लागि सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष प्रचण्डलाई एकसाथ डाकेर छलफल गरे ।

देउवाले अख्तियारको एक पदमा आफूले नाम दिने बताए । ओलीले अन्य विकल्प प्रस्तुत गरेपनि देउवा मानेनन् । अख्तियारमा देउवाले जयबहादुर चन्दलाई नियुक्ति दिलाउन लागिपरेको सूचना ओलीसँग पुगिसकेको बुझिएको छ । चन्द आइजीपी नियुक्ति भएरपनि फूली लगाउन नपाएकामा पर्छन् । चन्दका कारण नवराज सिलवाल आइजीपी बन्न पाएनन् । उनी ललितपुरबाट तत्कालिन एमालेको सूर्य चिन्हबाट चुनाव जितेर सांसद छन् । चन्दलाई तत्कालिन एमाले नजिककाले मन पराउँदैनन् ।

ओली कुनै हालतमा जयबहादुर चन्दलाई कुनै स्थान दिने पक्षमा छैनन् । अख्तियारको दुई पद नछाड्ने ओलीको अडानका कारण उनी अध्यादेश ल्याएर भएपनि संवैधानिक परिषद्को गणपूरक मापदण्ड घटाउन लागिसकेका छन् ।

यसैगरी, नेकपाभित्र संवैधानिक निकायमा नियुक्तिबारे छलफल चलिसकेको छ । रिक्त पदहरुमा दौडधूप चलिसकेको छ । अख्तियारमा प्रेमकुमार राई र राजन खनालको चर्चा छ । File Photo FB



प्रतिक्रिया दिनुहोस्