Logo

सरकारविरुद्ध लोकतान्त्रिक शक्ति एक भएर लड्नुपर्छ : लेखक



बैतडी, ८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले लोकतान्त्रिक शक्ति एक भएर अधिनायकवादका बिरुद्ध लडनुपर्ने बताएका छन् । आइतबार सुर्नया गाउपालिका वार्ड नम्बर–१ बैतडीमा आयोजित चुनावी सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता लेखकले आन्तरिक र बाह्य रुपले कम्युनिस्टहरुले मुलुक बर्बाद बनाईसकेकोले लोकतन्त्र बलियो बनाउन कांग्रेसलाई जिताउनुपर्ने धारणा राखे ।

कम्युनिस्ट सरकारले संविधान भत्काउने काम गरेको उनको आरोप छ । उनले भने,‘यो सरकार विकासबिरोधी हो।रेल र पानी जहाजका सपना बाँडने सरकारले पुर्ववर्ती सरकारले शुरु गरेका कार्य समेत रोकेको छ । म मन्त्री हुँदा अरवौं रुपैया बजेट बिनियोजन गरेको त्रिदेशीय नाकाको रुपमा रहेको महाकाली करिडोर, पाटन पन्चेस्वर लगायतका सडकको काम बजेट अभावमा रोकिएका छन् ।’

प्रदेश सरकार र नेकपाका नेताहरु उपभोक्ता समितीमार्फत बजेट वितरण गरेर कमिशनका नाममा भ्रस्टाचार गरिरहेको पनि उनले आरोप लगाए । वर्तमान सरकार मानव अधिकार ओरेस स्वतन्त्रताप्रति अनुदार रहेको पनि उनले टिप्पणी गरे ।

मानवअधिकार लगायत स्वतन्त्र संबैधानिक निकायमा पनि वर्तमान सरकारले राजनीतिकरण गर्न खोजेको उनको अर्को आरोप छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असफलता ढाकछोप गर्न मन्त्रीहरुलाई दोष दिएर आफ्नो असफलता ढाकछोपमा लागेको आरोप लगाए ।

उनले भने,‘मन्त्रीमण्डल हेरफेर गर्नुले सरकार असफल भएको प्रमाणित भैसकेको छ । निर्वाचनमा झुठो आश्वासन दिएर जनमत लिएको सरकारले जनाअकान्क्षा पूरा गर्न नसकेकोले सरकारप्रती जनता निराश छन् ।’ सरकारले समृद्धिको नारा दिएपनि आखिरीमा जनतालाई महँगी र करको बोझ बोकाएको उनको अर्को गम्भिर आरोप छ । उनले वर्तमान सरकार अधिनायकवाद उन्मुख रहेकोले सरकारको निरंकुशतालाई अङ्कुश लगाउन कांग्रेसको पक्षमा मतदान गर्न आव्हान गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot