Logo

नेपाली सेनालाई असुरक्षित चिनियाँ एपीसी



काठमाडौं, ९ मंसिर । नेपाली सेनाले चीनबाट अनुदानमा गरेको एपीसी (आर्मड पर्सनल क्यारियर) असुरक्षित पाइएको छ । ६३ वटा एपीसी असुरक्षित रहेको गुनासो संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा विभिन्न मुलुकहरुमा खटिएका नेपाली सैनिक अधिकृत र जवानहरुले गरिरहेका छन् ।

चनिबाट प्राप्त ती एपीसी युद्धग्रस्त क्षेत्रमा खटिने शान्ति सेनाका लागि प्राविधिक दृष्टिले कमजोर र असुरक्षित भएको सैनिक स्रोतले जनाएको छ । पौने चार अर्ब मूल्य बराबरका एपीसी भेइकलहरु विश्वसनीयतामा गम्भीर आशंका उत्पन्न भएको बताइएको छ । यी एपीसी भेइकलहरु बुलेट प्रुफ नभएकाले गोली छिर्ने, चाँडै तात्ने समसयका कारण कम गुणस्तरीय र असुरक्षित रहेको शान्ति मिसनमा खटिने सैनिकहरुको भनाई छ । यसबाट शान्ति मिशनमा खटिएका नेपाली सेनालाई अप्ठ्यारो पर्ने सैनिक स्रोतले बताएको छ ।

यस्तै खालका एपीसस् कन्यालगायत युद्धग्रस्त क्षेत्रमा प्रयोग हुँदा सन् २०१६ मा केन्यामा गोली छिरेर आठ सैनिकको मृत्यु भएको थियो । चीन सरकारले अनुदानका रुपमा केही एपीसी भेइकलहरु दिने र पछि त्यस्तो सद्भावलाई व्यापारिक दृष्टिमा परिवर्तन गरी आफ्ना कमसल खालका उत्पादनहरु विक्री वितरण गर्ने तरिकाका रुपमा सदुपयोग गर्ने गरेको हो कि भन्ने आशंका र प्रश्न समेत उब्जिएको छ ।-साँघु साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot