Logo

रुसले चन्द्रमामा टेलिस्कोप राख्ने



रुसको स्पेस एजेन्सी रोजकसमसले चन्द्रमामा टेलिस्कोप राख्ने निर्णय गरेको छ । चन्द्रमामा रहेको खतरनाक क्षुद्रग्रह र धूम्रकेतुको परिक्षण गर्नका लागि रुसको स्पेस एजेन्सीले टेलिस्कोप राख्ने भएको जनाइएको छ ।

टेलिस्कोपले डिप स्पेसको अध्ययन गर्नेछ । एस्टेरोइड र धूमकेतको गतिविधिलाई परिक्षण समेत गर्नेछ । चन्द्रमामा रहेको खतरनाक क्षुद्रग्रह र धूम्रकेतुले पूथ्वीमा हमला गर्न सक्ने कारणले टेलिस्कोपको स्थापना गर्ने जनाइएको छ । यसअघि सन् २०१६ मा पृथ्वीको स्पेसमा खतरनाक क्षुद्रग्रह र धूम्रकेतुलाई पत्ता लगाउने स्वचालीत प्रणाली अन्तरीक्षमा पठाएको थियो ।

नयाँ टेलिस्कोप रुस, अर्मेनियाँ र ब्राजीलको क्षेत्रमा राख्ने निर्णय गरिएको छ । टेलिस्कोपले पुथ्वीको नजिक रहेर काम गर्नेछ । जसले खतरनाक एस्टेरोइड र धूम्रकेतुको संकेत दिन जनाइएको छ । Photo Source : TASS



प्रतिक्रिया दिनुहोस्