Logo

सोयूज २.१ भी रकेटले रुसी सैन्य उपग्रहलाई कक्षमा राख्न सफल



सोयूज २.१ भी रकेटले रुसी सैन्य उपग्रहलाई तोकिएको कक्षमा राख्न सफल भएको छ । उपग्रह सुचारु भइसकेको जनाइएको छ । पठाइएको अन्तरीक्ष यान रुसी एयरोस्पेस रक्षा बलहरुको सम्पर्कमा आइसकेका र त्यसमाथी नियन्त्रण गरिसकेको मन्त्रालयको स्रोतले जनाएको छ ।

अन्तरीक्ष यानले समयमै तोकिएको कक्षमा पठाउन सफल भएको जनाइएको छ । त्यस अन्तरीक्ष यानको सबै प्रणालीले सफलतापूर्वक काम गरिरहेको समेत जनाइएको छ । सोयूज २.१ भी रकेटले रुसी सैन्य उपग्रहलाई २५ नोभेम्बरमा रुसको उत्तरी स्पेसपोर्टबाट लन्च गरिएको थियो ।

अन्तरीक्ष यानलाई एकिकृत बहु फंक्शनल स्पेस प्लेटफोर्मको रुपमा सिर्जना गरिएको छ । त्यस यानमा जडान गरिएको अप्टिकल उपकरणले पूथ्वीको समेत तस्बिर लिने सक्ने जनाइएको छ । सोयूज २.१ भी रकेटको यो दोस्रो उडान रहेको छ । यसअघि २०१९ जुलाई १०मा सोयूज २.१ पहिलो उडान भरेको थियो । Photo Source : Russian Aviation 



प्रतिक्रिया दिनुहोस्

Screenshot