Logo

छ महिना अध्यारो छ महिना उज्यालो हुने पृथ्वीको यो ठाउँ



अन्टार्कटिका पृथ्वीको सबैभन्दा चीसो ठाउँ हो । त्यहाँ जाडो र गर्मी दुई मौसम मात्र हुन्छ । जाडोमा तापमान माइनस ३४ डिग्री सल्सियस हुने गर्छ । अहिले सम्म जाडोमा उच्च तापमान माइनस ८४ रहेको विज्ञहरु बताउँछन् । गर्मीमा त्यस क्षेत्रको तापमान १५ डिग्री हुन्छ ।

अन्टार्कटिकामा गर्मीको बेला छ महिना उज्यालो हुन्छ भने जाडोमा छ महिना अँध्यारो हुनेगर्छ । पृथ्वीको अक्ष झुकेको कारण त्यस क्षेत्रमा छ महिना उज्यालो र छ महिना अँध्यारो हुनेगरेको हो ।

पृथ्वीको अक्ष झुकाव सधै एकनास हुनेगर्छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने भएकाले सूर्यको किरण त्यहाँ सम्म नपुग्ने कारणले त्यस ठाउँमा अँध्यारो हुने जनाइएको छ । अन्टार्कटिकामा कम पानी र हिँउ पर्नाले त्यस क्षेत्रलाई मरुभुमि पनि भनिन्छ ।

त्यस क्षेत्रमा हिँउ पर्दा हिँउ पानीमा परिणत नभएर झन् बाक्लो भएर ठूलो आकार लिने गर्दछ ।अन्टार्कटिकाकको भू–भाग हिमनदी, आइस शेल्फ् र हिमशिलाबाट बनेको छ । अन्टार्कटिकामा रुख र झाडी केही पनि छैन । केही प्रजातिका रुख पाइन्छन् ।

लाइचेन, मोस र शैवाल रुखहरु एकदम जाडोमा बाच्न सक्ने भएर यी रुखहरु त्यस क्षेत्रमा देखिएको जनाइएको छ । अत्याधिक चिसो भएको कारण त्यस ठाउँमा कुनै जीवको अस्तित्व निकै कम छ । जाडो थेग्न सक्ने र पानीभित्र लुक्न सक्ने जीवनहरु मत्र रहन्छन् । गर्मी मौसममा पर्यटकहरु घुम्न जाने गर्दछ । Photo Source : REI.com



प्रतिक्रिया दिनुहोस्

Screenshot