नयाँ प्रविधिका आधुनिक हतियार निर्माणमा रुस अगाडि छ । उसको आर्जनको मुख्य स्रोतमध्ये हतियार पनि हो ।
रुसले हालैमात्र अन्तरमहादेशीय ब्यालेष्टिक मिसाइल बनाएको छ जसलाई दुनियाँभरको कुनैपनि प्रतिरक्षा प्रणालीले रोक्न सक्दैन । पाचौं पीढीको यो मिसाइललाई विज्ञान र प्रविधिमा नयाँ उपलब्धि भनिएको छ । रुसको रेड स्टार पत्रिकामा मिसाइल फोर्सका कमाण्डर सेरगेई काराकाइभले मिसाइल अत्याधुनिक र दुनियाँभरको कुनैपनि सुरक्षा प्रणालीले रोक्न नसक्ने बताएका छन् ।
यारस मिसाइल प्रणाली नाम दिइएको यसले मिसाइल जुनसुकै ठाउँबाट पनि मार हान्न सक्छ । यो टोपोल एम मिसाइल प्रणालीलाई अझ सुधार गरी बनाइएको हो ।-एजेन्सीको सहयोगमा Photo Source: TASS