Logo

सागमा स्वर्ण जित्नेलाई छ लाख, रजतलाई चार र काँस्यलाई दुई लाख पुरस्कारको प्रस्ताव



काठमाडौं, १३ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुदमा पदक जित्ने खेलाडीहरुका लागि नगद पुरस्कार रकमको प्रस्ताव तयार भएको छ । खेलाडीहरुले पदक जितेको आधारमा छ देखि दुई लाख पुरस्कार प्राप्त गर्नेगरी प्रस्ताव बनेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले स्वर्ण पदक जित्ने खेलाडीलाई छ लाख रुपैयाँ नगद पुरस्कार दिइने गरी प्रस्ताव तयार भएको जानकारी दिए । यसैगरी, रजतलाई चार लाख र काँस्यलाई दुई लाख पुरस्कारको प्रस्ताव गरिएको हो ।

परिषद्ले कार्यविधि नै तोकेर स्वर्णलाई तीन लाख, रजतलाई दुई लाख र काँस्यलाई एक लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । यसैगरी स्वर्ण पदक जित्ने आमा खेलाडीहरुलाई भत्ताको व्यवस्था पनि गरिएको तिम्सिनाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्