Logo

भारतले सीमा मिचेको भन्नु हावादारी- मुख्यमन्त्री राउत (अन्तवार्ताको पूर्ण पाठसहित)



काठमाडौं, १३ मंसिर । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले नेपाल भारत सीमाबारे सनसनीपूर्ण धारणा राखेका छन् । उनले कालापानीमा सीमा मिचिएकोबारे जानकारी नभएको भन्दै यसलाई हावादारी भनेका छन् । राउतसँग ऋषि धमलाले गरेको कुराकानीः
प्रदेश नं. २ मा प्रगति उन्नति भइरहेको छ ?
विस्तारै हुँदै छ । राम्रैसँग चल्दै छ ।
तपाईंको प्रदेशमा आज राष्ट्रपतिलाई किन बोलाउनु्भयो ?
राष्ट्रपति राष्ट्रप्रमुखको हैसियतले राम–जानकीको विवाह पञ्चमीको अवसरमा आउँदै हुनुहुन्छ ।
राष्ट्रपति, प्रधानमन्त्री र देशका शीर्ष नेताहरु आएर विकासका कुरा गर्न कि विनासका ?
अब तपाईं त्यस्तै कुरा गर्नुहुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, नेता आएर बिनासको कुरा थोडैं गर्नुहुन्छ । उहाँहरु पूजाअर्चना आउनुहुन्छ । उहाँहरु यहाँ आउँदा विवाह पञ्चमीको रौनक बढ्छ । सांस्कृतिक धरोहरको रुपमा रहेको जानकी मन्दिरमा राष्ट्रपति आउनु गौरवको कुरा हो ।
देशका प्रतिष्ठि व्यक्तिहरु त्यहाँ आएर विकास निर्माणको भाषण गर्दछन्, कार्यान्वयन गर्दैनन् नि ?
अहिले राष्ट्रपति विकास निर्माण होइन, सम्मानको लागि आउन लाग्नुभएको हो । त्यसलाई सफल बनाउन हामीहरु लागिरेहका छौं ।
शीर्ष नेताहरुले पनि त्यहाँ केही बोलेनन् नि ?
शीर्ष नेता र उहाँमा फरक छ नि । उहाँ त एउटा राष्ट्राध्यक्षको नाताले आउने हो ।
प्रदेश नं. २ मा हामीले अधिकार पाएनौं भनेर तपाईंहरुले किन भन्नुभएको ?
अब राष्ट्रपतिज्यूको भ्रमणमा त्यो अधिकारको कुनै हुँदैन । उपयुक्त प्रश्न मात्र सोध्नुस् उहाँको भिजिटको अलग्गै महत्व छ । अधिकार र विकासको लागि लड्ने हाम्रो प्रदेश, स्थानीय सरकार छ । त्यो रातदिन लागिरहेको यहाँका जनताको अधिकारको लागि ।
तपाईंहरु लागेअनुसार जनताले परिणाम पाएनन्् नि ?
कुनै काम एकैचोटि हुँदैन । समय क्रममा हुँदै जाने हो । अहिले चारैतिर ढिलासुस्ती, चोरैतिर असहयोग छ त्यसले गर्दा समय लागेको हो । यी अप्ठ्यारा र असहयोगबीच पनि हामी अगाडि बढिरहेका छौं । यति गर्दागर्दै पनि कसैले निगेटिभ रुपमा लिन्छन् भन्नु केही छैन, तर हामीले आफ्ना स्रोत, साधनले भ्याएसम्म काम गरेका छौं ।
कालापानी सीमा समस्या बारेमा तपाईंहरु किन बोल्नुहुन्न ?
त्यो कुरा जसले सरकारको नेतृत्व गरिरहेको उसलाई सोध्नुस् । सोध्नुपर्ने ठाउँमा सोध्नुहुन्न नपर्ने ठाउँमा सोधेर के हुन्छ ? ‘टाउको दुखेको औषधि खुट्टामा लगाउनु हुन्छ, त्यसले दुखाइ निको हुन्छ ?’ सम्बन्धित व्यक्तिलाई सोध्नुपर्छ ।
त्यसोभए नेपालको भारतसँग सीमा समस्या छैन ?
यहाँ के को सीमा समस्या छ नेपाल– भारतबीचमा । कहाँ के भएको मैले त्यस्तो देखेको छैन ।
तपाईं मुख्य मन्त्री हो नि ?
मैले देखेकै छैन । न त्यसको अध्ययन गरेको छ । यसरी रेडियोबाट झुटो प्रचार गरेर हुन्छ ? तपाईं हामीले देखेका छौं ? कहाँनेर सीमा मिचिएको छ भनेर । तपाईं गएर हेर्नुभएको छ त्यहाँ ? नेपाल–भारतको सीमाना कहाँनेर हो भनेर कसैले हेरेको छ ? त्यसै झुटो बोलेर हुन्छ ?
सरकारले सीमाना मिचिएको ठहर गरेको छ नि ?
यसमा त भारत सरकार र नेपाल सरकारका सम्बन्धित व्यक्तिहरु बसेर कुटनीतिक पहल गर्नुपर्छ । सत्य के हो ? पत्ता लगाउनुपर्छ । तपाई हामीलाई जानकारी नै छैन । त्यसै जथाभावी भनेर हुन्छ ?
सीमा विवाद समाधानका लागि प्रमाण जुटाउन सरकार लागि सकेको छ त ?
त्यसो गर्लान् । त्यससँग सम्बन्धित व्यक्तिहरु छन् । सम्बन्धित निकाय सरकार उसको दायित्व हो नि । के भएको हो नबुझिकन ‘कौवाले कान लग्यो भनेर कान नछामी त्यसको पछाडि दौडिने ?’
ठ्याक्कै भन्नुस् है, नेपाल–भारतबीच सीमा समस्या छ कि छैन ?
यसको विज्ञहरु हाम्रो देशमा छ कि छैन ? सम्बन्धित मन्त्रालय छ कि छैन ? कुरा गर्ने निकाय छ नि छैन ? त्यसै हावाहारी कुरा गर्ने ? ‘खोक्रो राष्ट्रवादीहरुले हावादारी कुरा गरे भन्दैमा म पनि हावादारी कुरा गर्छु ।’
त्यसोभए मलाई बताउँनुस् लिपुलेक नेपालको हो ?
‘हत्तेरिका मलाई थाहा छैन क्या’ तपाईहरु आपैm कुरा गर्नुस् न ।
कालापानी, लिम्पियाधुरा नेपालको हो कि होइन ?
कुन भूमि कसको हो । त्यो इतिहासले प्रष्ट हुनुपर्छ । त्यसको मलाई अध्ययन नै छैन ।
नेपालको भूमि नेपालले नै पाउनुपर्छ कसैले मिच्नु हुँदैन हो ?
पाउनुपर्छ पर्दैन त्यसको हेर्ने निकाय छ । मलाई थाहा छैन ।
भारतले नेपालको भूमि मिचेको छ कि छैन ?
त्यसको लागि हेर्ने निकाय छ । उसैको जिम्मा हो । भारतले रेकर्ड राखेको छ भने नेपालसँग रेकर्ड छैन ? त्यससँग सम्बन्धित निकायले त्यसको रेकर्ड त राख्नुप¥यो नि । तपाईं हामी फोनमा कुरा गरेर समाधान हुन्छ ? । हामीले बोलेर उसले दिने हो ? त्यस्तो नचाहिने कुरा गर्ने ?
अब त धेरै प्रमाणहरु जुटाइसकेको छ नि ?
समाधान भयो भने राम्रो कुरा हो । देशमा प्रधानमन्त्री हुनुहुन्छ । देशमा अहिले सरकार छ कि छैन ? त्यससम्बन्धी हेर्ने हाम्रो एजेन्सी छ कि छैन उसले हेर्ने हो नि । प्रमाणसहित पत्ता लागिसकेपछि जसको भूमिको त्यसले पाउनुपर्छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot