Logo

भारत र भाकिस्तानबीच भलिबल भिडन्त हुने



काठमाडौं, १५ मंसिर । साग अन्र्तगत भलिबलमा भारत र पाकिस्तानबीच फाइनल भिडन्त हुने भएको छ । आज दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

आज भएको खेलमा पाकिस्तानले बँगलादेशलाई २५-१५, २५-२१ र २६-२४ को सोझो सेटमा पराजित गरेको हो । यससअघि आजै भएको खेलमा भारतले श्रीलंकालाई २७-२५, २५-१९, २१-२५ र २५-२१ को प्रतिष्पर्धात्मक खेलमा पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो । Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot