Logo

नेपाललाई छ स्वर्ण, यी खेलाडीले दिलाए स्वर्ण (सूचिसहित)



काठमाडौं, १६ मंसिर । नेपालले दक्षिण एशियाली खेलकुद (साग) को दोस्रो दिन छ स्वर्ण पदक जितेको छ । मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पाँच स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण जितेको छ ।

तेक्वान्दोमा पुरुष पुम्सेको ५८ केजी तौल समूहमा गोविन्दबहादुर आलेले स्वर्ण जिते । एकलतर्फ कमल श्रेष्ठले स्वर्ण जिते ।
कराँतेमा मन्डेकाजीले देशलाई पहिलो स्वर्ण दिलाए । उनले काँतामा स्वर्ण दिलाएका हुन् । महिला टिम काँतामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिते । काँतामा महिला एकलतर्फ चञ्चला दनुवारले रजत जितेकी छिन् ।

कराँतेको टिम काँतामा मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जनले स्वर्ण दिलाएका हुन् । मन्डेकाजीले आजै कराँतेतर्फ दुई स्वर्ण जितिसकेका छन् ।

ट्रयथलनमा सोनिका गुरुङले स्वर्ण जितिन् । पोखरामा भएको ट्रायथलनमा उनले स्वर्ण जितेकी हुन् ।

स्वर्ण जित्नेहरु

तेक्वान्दो
गोविन्द आले पुम्सेको ५८ केजी
कमल श्रेष्ठ पुरुष एकल

सीना लिम्बू मादेन पुम्सेतर्फ

कराँते
मन्डेकाजी श्रेष्ठ पुरुष काँता
निर्मला तामाङ, संगिता मगर र सरु काकी महिला टिम काँता

मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन पुरुष टिम काँता

ट्रयथलन
सोनिका गुरुङ



प्रतिक्रिया दिनुहोस्

Screenshot