काठमाण्डौँ, १७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपालले भुटानलाई ४-० ले पराजित गरको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले शानदार खेल्दै जित हासिल गरेको हो ।
खेलको पाँचौ मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएको थिए । पहिलो हाफमा एक गोल खाएको भुटानलाई दास्रो हाफमा नेपालले थप तीन गोल गरेर पराजित गरेको हो ।
खेलको ७८ औँ मिनेटमा मिक्छेन तामाङले फ्रि किकमार्फत गरेको प्रहार गोलमा परिणत हुँदा नेपालले जित पक्का गरेको थियो । साविक स्वर्ण पदक विजेता नेपालले दास्रो खेल बुधबार श्रीलंकासंग खेल्ने छ ।