Logo

सागका स्वर्णधारीको कथाः गरिबी र अभावले प्रतिभा रोकिएनन्



समाचार विश्लेषण । पिपलले चट्टान फोरेर पनि जरा हाली फैलन्छ । कठिनाई, अभाव र गरिबीबीच नेपालका धेरै खेलाडीले देशका लागि स्वर्ण जितेका छन् । कम साधन स्रोत र सुविधाबीच उनीहरुले राष्ट्रका लागि खेलेर शिर उचो बनाएका छन् ।

१३ औं दक्षिण एशियाली खेलकुदमा नेपालका लागि पदक ल्याउने खेलाडीहरुको आफ्नै कथा व्यथा छन् । कठिन परिश्रमबाट पदक जित्न सफल भएका उनीहरुमध्ये धेरैको बाल्यकाल गरिबी र अभावबीच बितेको देखिन्छ ।

कतिपय ग्रामीण भेगमा जन्मिएर राष्ट्रिय झण्डा बोकेर जीतको खुशियाली मनाउने अवस्थासम्म पुगेका छन् । कराँतेकी सुनिता महर्जन जीतपछि रुँदै बाबुलाई अँगालिन् । गरिबीका कारण उनका बाबु अरबको मरभूमिका गएर काम गरे । अभाव र गरिबीलाई चिर्दै सुनिताले देशका लागि स्वर्ण जितिन् ।

दुवाथोलनका हिमाल टमाटा कमजोर आर्थिक अवस्थाका हुन् । कमजोर आर्थिक अवस्थाबीच हुर्किएका उनले खेलमा आफूलाई अगाडि बढाएर देशलाई स्वर्ण जिताए । दलित समुदायका टमाटाले सबै समस्यालाई पार लगाउँदै बाजी मारे ।

कराँतेकै नविन रसाइली पनि निकै संघर्ष गरेर यहाँसम्म पुगेका हुन् । नेपाल प्रहरीका मन्डेकाजी श्रेष्ठको जीवन उत्तिकै संघर्षले भरिएको छ । ट्रायथलनकी सोनिका गुरुङ सशस्त्र प्रहरीको जागिरे भएर जीवन गुजार्दै आएकी छिन् । उनको बाल्यकाल पनि अभावले भरिएको छ ।

आयशा शाक्यले दुई सन्तानलाई हुर्काउँदै खेललाई निरन्तरता दिइन् । दुई स्वर्ण जितेकी आयशा पतिसँग भक्कानिइन् । पदक लिएर छोराहरुसँग रमाउँदा भावविह्व भइन् ।

खेल भनेको यस्तै संघर्षको कथाले भरिएको क्षेत्र हो । खेलाडी बन्न धन दौलत र सुख सुविधा होइन इच्छाशक्ति चाहिन्छ । अनुशासन, धैर्यता, कडा परिश्रम, आत्मबल, त्याग र तपस्याले मात्र खेलाडी बन्न सकिन्छ । यो पुगेन र त्यो पुगेन भन्ने खेलाडी बन्न सक्दैन । खेलाडीले आफै जोहो गरेर लक्ष्य पूरा गर्ने सामथ्र्य राख्छ । अहिले पदक जित्ने खेलाडीलाई देशले खासै केही दिइरहेको छैन तैपनि उनीहरुले देशलाई दिए । देशले के दियो भन्नेभन्दा देशलाई के दिन सकिन्छ भन्ने सोचिरहे ।

तेक्वान्दो
गोविन्द आले पुम्सेको ५८ केजी
कमल श्रेष्ठ पुरुष एकल
आयशा शाक्य २९ वर्षमाथिको पुम्से
आयशा शाक्य सञ्जीवकुमार ओझा २९ वर्षमाथिको मिक्स पुप्से
पार्वती गुरुङले २३ देखि २९ वर्ष पुम्से
सीना मादेन लिम्बु १७ देखि २३ वर्ष पुम्से
नीता गुरुङ, प्रशंसा क्षेत्री सुशीला राई २३ वर्षमाथिको स्पर्धा
वीरबहादुर महरा पुरुष ६८ केजी मुनी
काजल श्रेष्ठ ४६ केजी महिला

कराँते
मन्डेकाजी श्रेष्ठ पुरुष कँता
लक्ष्मण तामाङ ५४ केजी
निर्मला तामाङ, संगिता मगर सरु काकी टिम काता
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ प्रवीण महर्जन टिम काता
विप्लव लाल श्रेष्ठले स्वर्ण ८४ केजी तौल माथि
कुसुम खड्का ४५ केजी कुमुते
अनु अधिकारी ५० केजी कुमुते
नविन रसाइली ६७ केजी पुरुष कुमिते
सुनिता महर्जन ६७ केजी महिला कुमिते
उसु
विजय सिञ्जाली थाउलो
सुस्मिता तामाङ थाउलो

एथलेटिक्स
सन्तोषी श्रेष्ठ महिला १० हजार मिटर

ट्रायथलन
सोनिका गुरुङ महिला

दुवाथोलन
हिमाल टमाटा



प्रतिक्रिया दिनुहोस्