Logo

नेपाल र श्रीलंकाले अंक बाँडे (फोटोफिचर)



काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज भैरहेको पुरुष फुटबलको खेलामा नेपाल र श्रीलंकाले अंक बाँडेका छन् । पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध १–० गोलको अग्रता लिएको थियो ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले कप्तान सुजल श्रेष्ठको गोलमा अग्रता लिएको थियो । श्रेष्ठले खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको समयमा श्रीलंकाले गोल गर्न सकेको थिएन् । ईन्जुरी समयको दोस्रो मिनेटमै श्रीलंकाले नेपालविरुद्ध गोल फर्कायो । र, खेल बराबरीमा टुँग्गियो । श्रीलंकाका लागि मोहम्मद आतिबले ९१ मनेटमा गोल गरे।

बराबरीपछि पनि नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा भुटानलाई ४–० ले हराएको नेपालको चार अंक छ। दोस्रो स्थानको भुटानको ३ अंक छ। श्रीलंका र माल्दिभ्सको २–२ अंक छ भने बंगलादेशको १ अंक छ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot