काठमाण्डौँ, २० मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १६४ रनको लक्ष्य दिएको छ ।
अलराउण्डर करण केसीको उत्कृष्ट ब्याटिङको कारण माल्दिभ्ससामु १६४ रनको लक्ष्य राख्न सफल भएको हो । सातौँ नक्बरमा ब्याटिङ गर्न आएका करणले १६ बलमै ४० रन प्रहार गरेका थिए । टस जितेर ब्याटिङ गरेको नेपालले ऐरीले ३९, कप्तान ज्ञानेन्द्र मल्लले १९, विनोदले १९ र पारसले १९ रन जोडेका थिए ।