Logo

गल्फमा ऐतिहासिक दुई स्वर्ण



काठमाडौं, मंसिर २१ । १३औं दक्षिण एसियाली खेलकुद साग गल्फमा नेपालले ऐतिहासिक दुई वटा स्वर्ण पदक जितेको छ। पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा शुक्रबार सम्पन्न खेलमा नेपालले पु्रुष एकल र पुरुष टिम स्पर्धामा दुई स्वर्ण जितेको हो। साग गल्फमा नेपालले पहिलो पटक दुईवटा स्वर्ण पदक जितेको हो।

गल्फको पुरुष एकलमा नेपालका लागि सुवास तामाङले स्वर्ण दिलाए। टिम स्पर्धामा सुवास सम्मिलित नेपाली टोलीले स्वर्ण चुम्यो। चार दिनको ७२ होलमा सु्वासले कुल १४ अन्डर दुई सय ७४ स्कोर खेलेका थिए। गल्फको अन्तिम दिन शुक्रबार सुवासले तीन अन्डर ६९ खेले।

गल्फमा नेपाललाई ऐतिहासिक स्वर्ण जिताएका सुवास भर्खर बलब्वाईबाट आएका हुन्। रोयल नेपाल गल्फ क्लबमा बलब्वाईको काम गर्दै गल्फ सिकेका सुवासले छोटो समयमै गल्फमा छलाङ मारेका छन्। सूर्य नेपाल टुरमा गत वर्ष प्रोफेसनल खेलाडीलाई हराएर उपाधि जितेपछि सुवास एकाएक गल्फमा छाए।

त्यसपछि विभागीय टोली त्रिभुवन आर्मीमा करारमा अनुबन्ध भएका सुवासले गल्फमा थप निखारता ल्याए। दिनभर अभ्यासमै रमिरहने सुवासले एक वर्षको तयारीमै व्यक्तिगत र टिम स्पर्धा नेपालका लागि महत्वपूर्ण स्वर्ण जिताए। नेपालले आयोजक राष्ट्रको हिसाबले गल्फ खेल राखेको अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot