Logo

थातथलो वन्यजन्तुलाई समर्पित



काठमाडौं, मंसिर २१ । मुलुकका विभिन्न संरक्षण क्षेत्रमा वन्यजन्तुको संख्या बढ्न थाले पनि वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्दै गएको छ । मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न सरकारले विभिन्न योजना बनाएर काम गरिरहेको छ ।

निकुञ्ज स्थापना गर्दा नै मानवबस्ती स्थानान्तरण गरिएका थिए । वन्यजन्तुका लागि आफ्नो थातथलो नै त्याग गर्ने मानिसहरू सधैं संरक्षणमा लाग्नेले सम्झनुपर्ने पात्र हुन् । उनीहरूले आफ्नो परापूर्वकालदेखि नै बसोबास गरेको क्षेत्र वन्यजन्तुलाई छाडेका छन् ।

संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । तर, वन्यजन्तुको वासस्थानका लागि आफ्नो थातथलो त्याग गर्नेहरूको विषयमा कुनै ध्यान पुगेको देखिँदैन । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्ज स्थापना गर्नेक्रममा आफ्नो थातथलो त्याग्ने छुट्टै स्थानमा बसोबास गरिरहेका छन् ।

उनीहरूले आफूले वन्यजन्तुका लागि थातथलो त्याग्नुपरेकोमा कुनै गुनासो गर्दैनन् । बरु उनीहरू आफंै वन्यजन्तुको चोरी सिकारी बढ्दै गएकोमा भने चिन्तित देखिन्छन् ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्