Logo

माल्दिभ्सविरुद्ध नेपालको २-१ को जीत (फोटोफिचर)



काठमाडौं, २१ मंसिर । काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा आज भएको पुरुषतर्फको फुटबमा नेपाले माल्दिभ्सविरुद्ध जीत निकालेको छ । यो जीतसँगै नेपाल फाइनलनजिक पुगेको छ ।

शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको हो । नेपालको जीतमा पहिलो गोल अभिषेक रिजाल र दोस्रो डिफेन्डर अनन्त तामाङले गरेका हुन् । उता, माल्दिभ्सका लागि १८औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot