Logo

गौरिकाले रचिन् इतिहास पौडीमा तीन स्वर्ण



काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकूद साग पौडी अन्तर्गत ४ सय मिटर फ्रि स्टाइलमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्।

सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार भएको खेलमा उनले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। विजयी गौरिकाले ४ मिनेट २५ दशमलव २८ सेकेन्ड लगाइन्।

पौडीतर्फका अन्य प्रतिस्पर्धामा उनले यस अघि दुई स्वर्ण र एक रजत जितिसकेकी छिन्। उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्