Logo

‘के तिमी बोर्ड फष्ट हुँदा यत्रो मिडिया कभरेज थियो ?’



काठमाडौं, २३ मंसिर । जब गौरिका सिंहका बाबु पारस सिंहले आमा गरिमालाई सोधे, ‘के तिमीले बोर्ड फष्ट हुँदा यत्रो मिडियो कभरेज थियो ?’ छोरी गौरिका सिंहले पौडीतर्फ तीन स्वर्ण जित्दै इतिहास रचेपछि पारसले गरिमा राणालाई सोधेका थिए ।

गरिमा राणा नेपालमा चिनिएको नाम हो । उनले २०५० सालको एसएलसीमा बोर्ड फष्ट बनेर नाम कमाएकी थिइन् । उनका बारे मिडियाले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका थिए ।

गरिमाकी छोरी गौरिका सिंह ऐतिहासिक स्वर्ण पदक जित्दै मिडियामा छाएकी छिन् । नेपालका सबै दैनिक पत्रिकाले गौरिकाको नाम अग्रपृष्ठमा छापेपछि बाबु पारस सिंहले पत्नी गरिमाभन्दा छोरीले अझ ठूलो नाम बनाएको विषय सामाजिकसञ्जालमा राखेका छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा पुगेर उनले फेसबुकमा यो विषय राखेका छन् । उनले सबै दैनिक पत्रिकाको अग्रपृष्ठमा गौरिकाको ठूलो तस्बिरसहितको समाचार राखेका छन् ।

Photo Source: FB



प्रतिक्रिया दिनुहोस्

Screenshot