Logo

हुम्देमा आठ सेन्टिमिटर बाक्लो हिउँ



पोखरा, मंसिर २८ । लगातार हिउँ पर्दा गण्डकी प्रदेशका हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा बिहीबारदेखि नै हिमपात भइरहेको छ। बिहीबार बिहान हिउँ परेको मनाङमा बेलुकी केही रोकिए पनि शुक्रबार बिहानदेखि फेरि हिमपात सुरु भएको छ। मुस्ताङमा पनि शुक्रबार बिहानैदेखि हिमपात भएको छ।

हिमपात यो सिजनको पहिलो हो। हिमपातले किसान खुसी भए पनि चिसो बढेकोले जनजीवन भने प्रभावित भएको छ। पर्यटकीय क्षेत्र मनाङ र मुस्ताङमा हिमपातले पर्यटन गतिविधि ठप्प भएको छ। गाडी चलाउनसमेत समस्या भएको छ। मनाङमा धारापानीसम्म मात्र गाडि चलेका छन्। मुस्ताङमा हवाईसेवा अवरुद्ध भएको छ।

चिसो बढेपछि स्थानीय घरबाहिर निस्कनसमेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्मे छन्। मनाङका प्रहरी प्रमुख डिएसपी टीकाबहादुर कार्कीका अनुसार सदरमुकाम चामेमा चार सेन्टिमिटर र केही माथिको हुम्देमा आठ सेन्टिमिटर बाक्लो हिउँ जमेको छ। अन्नपूर्ण फेरोको पदमार्ग पर्ने मनाङमा पर्यटक पनि हिँडडुल गर्न सकेका छैनन।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot