काठमाडौं, मंसिर २८ । चक्रपथको कोटेश्वर–कलङ्की सडक खण्डमा पैदल यात्रुले आकाशे पुलको प्रयोग नगरी पुलमुनिबाट नै बाटो काट्ने क्रम बढेपछि पुलको दायाँ बायाँ रेलिङ निर्माण हुनेभएको छ ।
पैदल यात्रु आकाशे पुलको प्रयोग नगरी पुल मुनिबाट नै बाटो काट्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटना हुने गरेको छ ।
काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख अमृतमणि रिमालले चक्रपथको कोटेश्वर–कलङ्की सडकखण्डमा पैदल यात्रुहरूलाई आकाशे पुल भएर बाटो काट्न प्रोत्साहित गर्न आकाशे पुलको सडकको दुवै किनारामा आकाशे पुल भएको ठाउँमा रेलिङ निर्माण गरिने तयारी भइरहेको छ । चक्रपथको सो खण्डमा थप छवटा आकाशे पुल निर्माण भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।