Logo

टर्कीका पूर्व प्रधानमन्त्रीद्वारा नयाँ पार्टी स्थापना



२८ मङ्सिर । टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गरेका छन्। हाल सत्तारुढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्ष समेत रहनु भएका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासन सम्बन्धि कारबाही भएपछि उनले सो पार्टी परित्याग गरेका थिए ।

त्यसपछि हालै मात्र नयाँ पार्टी खोलिएको उहाँले घोषणा गर्नु भएको हो । सो नयाँ पार्टीको नाम ‘फ्युचार’ रहेको डाभुटोग्लुल शुक्रबार घोषणा गरेको हो ।“यो फ्युचर पार्टी देशकै फ्युचर हो, टर्कीकै भविष्य हो,” पार्टी घोषणा समारोहमा उनले भने ।

विरोध, आलोचना, डर र दबावकाबीच नयाँ पार्टी घोषणा भएको पनि उनले बताए । देशलाई सुन्दरलाई बनाउनको लागि एकजुट भएर काम गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

पूर्व विदेशमन्त्री समेत रहेका डाभुटोग्लुले सन् २०१४ देखि २०१६ सम्म प्रधानमन्त्री बनेका थिए । उनी टर्कीको राष्ट्रपति रेसेप तायिप एर्डोगानको अतिनिकटको सल्लाहकार पनि भएका थिए ।



प्रतिक्रिया दिनुहोस्