Logo

चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी



बेइजिङ, १८ वैशाख । चीनको मौसम विभागले मङ्गलबार देशका केही भागमा आँधीबेहरी, असिना र भारी वर्षाको पूर्वानुमानसहित सुन्तला मौसमी चेतावनी जारी गरेको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मङ्गलबार बिहानदेखि बुधबार बिहानसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान, गुआङ्सी र गुआङ्डोङका केही भागमा आँधीबेहरीसहित असिना पर्नेछ । प्रतिघन्टा ८० मिलिमिटरभन्दा बढीको वर्षाले जियाङ्सी, फुजियान र गुआङडोङका केही भागमा असर पार्ने केन्द्रले जनाएको छ ।

जनतालाई बाहिरी कामकाजमा सजगता अपनाउन सल्लाह दिइएको छ । स्थानीय अधिकारीहरूलाई आपत्कालीन उद्धार प्रयासका लागि तयार रहन आग्रह गरिएको छ । केन्द्रले सहरी क्षेत्र र कृषि भूमिमा आवश्यक जल निकासी उपायहरू अपनाउन पनि सुझाव दिएको छ ।

चीनले मौसमी चेतावनीका लागि तीन–स्तरीय रङ–कोडित मौसम चेतावनी प्रणाली लागु गर्छ । यसमा सुन्तलाले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ । त्यसपछि पहेँलो र नीलो हुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्