Logo

एक वर्षपछि नेकपा बैठक



काठमाडौं, २९ मंसिर । नेकपा स्थायी समिति बैठक एक वर्षपछि आइतबार बस्दैछ । विधान अनुसार यो बैठक तीन तीन महिनामा बस्नुपर्छ । यस अघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन ।

एक वर्षमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी समितिअगाडि सचिवालय बैठक बस्नेछ। सचिवालयले स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्