Logo

गम्भीरमानको सालिक अनावरण



काठमाडौं, २९ मंसिर । राजधानीको विश्व निकेतन माविका पूर्व प्रधानाध्यापक गम्भीरमान मास्केको अर्धकदको सालिकको अनावरण गरिएको छ। ‘गुणस्तरीय शिक्षाको लागि हातेमालो’ भन्नेलाई आत्मसात् गर्दै स्थापना भएको विश्व निकेतन–गम्भीरमान फाउण्डेशनले विद्यालय परिसरमा सालिक स्थापना गरेको हो। सालिकको शनिबार अनावरण गरिएको हो। विद्यालयका पूर्वप्रधानाध्यापकहरू सत्यनारायण राजभण्डारी, कमला शाक्य, निर्मल गिरी तथा मास्केका समवयी मित्र डा। हेरम्बबहादुर राजभण्डारीले संयुक्त रूपमा सालिक अनावरण गरेका थिए।

स्वर्गीय मास्केको वार्षीकीको अवसर पारेर सालिक अनावरण गरिएको हो। कार्यक्रममा विद्यालयकी पूर्वशिक्षिका मञ्जु अधिकारीले सरलता नै गम्भीरमानको परिचाय भएको बताइन्। ‘गम्भीरमान सरले अविभावकŒव लिएर शिक्षक तथा विद्यार्थीलाई सदैव प्रोत्साहान गर्ने तथा प्रसाशनिक प्रमुख भएर शिक्षक तथा कर्मचारीलाई मित्रवत् व्यवहार गर्नुहुन्थ्यो,’ उनले स्मरण गरिन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठले शिक्षा क्षेत्रका अनुकरणीय व्यक्तित्व गम्भीरमानका विद्यार्थीहरूले सामाजिक संस्था गठन गरेर उनको चिनो विद्यालयमा निर्माण गरेर प्रसंशनीय काम गरेको बताए। सालिक अनावरण कार्यक्रममा मास्केकी नातिनी डा। सफला मास्केले आफ्ना बाजे ९हजुरबुबा०बारे स्मरण गर्दै भनिन्, ‘जहिल्यै पनि असल व्यक्ति बन्न प्रेरित गर्नुहुन्थ्यो। उनको त्यो गुण सबैका लागि अनुकरणीय छ।’ संस्थाका तर्फबाट विन्द्राकक्षपती प्रधानले गम्भीरमानको शिक्षाप्रतिको समर्पणलाई फाउण्डसनले विस्तार गर्ने लक्ष्य राखेको बताउँदै आगामी दिनमा संस्थाले शिक्षा क्षेत्रमा विभिन्न काम गर्ने बताइन्। साथै उनले सालिक अनावरणको कार्यमा सहयोग पु¥याउने सबैलाई धन्यावाद समेत दिइन्।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आफ्ना गुरुप्रति श्रद्धा अर्पण गर्न फाउण्डेसनमाफर्त सालिक स्थापनको काम हुनु अनुकरणीय कार्य भएको बताए। ‘विश्व निकेतन भनिँदा गम्भीरमान तथा गम्भीरमान भनिँदा विश्न निकेतन बुझिने जुन पर्याय बनेको थियो त्यसलाई सालिक स्थापनाले पूर्ण गराएको छ,’ कँडेलले भने। विद्यालयका पूर्वप्रधानअध्यापक सत्यनारायण राजभण्डारीले मास्केले सधैं राम्रो गरे राम्रै हुन्छ भन्ने गरेको स्मरण गरे। ‘उहाँको राम्रो गरे, राम्रै हुन्छ भनिरनुहुन्थ्यो। सालिक स्थापना हुनु भनेको उहाँले भनेजस्तै राम्रै काम भएको हो। यसले सबैलाई विभोर गराएको छ,’ राजभण्डारीले भने। फाउण्डेशनले यसअघि स्वर्गीय मास्केको जन्मदिन पारेर उनीद्वारा लिखित ‘दिवा स्वप्नमा आउने’ पुस्तकको अंग्रेजी संस्करण ‘द लिङगरिङ इमेज अफ माइ डे ड्रिम्स’ प्रकाशन गरिसकेको छ। मास्केको ८६ वर्षको उमेरमा गत वर्ष मंसिर १६ गते निधन भएको थियो। वि। सं। २०१७ सालमा अंग्रेजी विषय शिक्षकको रूपमा विश्व निकेतन प्रवेश गरी २०२३ देखि २०५१ सम्म प्रधानाध्यापक रहेका थिए।
नागरिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot