Logo

‘दुर्घटनाबाट एकजना पनि मर्नु भएन’



काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोकमा आइतबार भएको सडक दुर्घटनाबाट दुखित भए । घटनामा दुधे बालकले अभिभावक गुमाएको खबरले स्तब्ध भए । उनले सल्लाहकारहरुलाई डाकेर सोमबार सडक सुरक्षासँग सम्बन्धित अधिकारीहरुलाई बालुवाटार बोलाउन लगाए ।

सोमबार भावुक मुद्रामा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले भने, ‘सिन्धुपाल्चोकमा सडक दुर्घटनाबारे सुनरे वेचैन भएँ, खाना खान र राम्ररी सुत्न पनि सकिनँ ।’ निकै भावुक रुपमा प्रस्तुत भएका ओलीले निर्देशन दिए, ‘अब सडक दुर्घटनाबाट एकजना पनि मर्नुभएन ।’

देशमा एकपछि अर्को सडक र्दुघटनाका घटना घटिरहेको र त्यसबाट धेरै मानिसहरुको ज्यान गएको खबरले स्तब्ध भएका प्रधानमन्त्रीले निर्देशन दिइरहँदा गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव श्याम राई, एआइजी पुष्कर कार्की, उपत्यका ट्राफिक प्रहरी प्रमुख भीमदत्त ढकाल, यातायात व्यवस्था विभागका मानिर्देशकलगायत वरिष्ठ अधिकारीहरु थिए ।

सडक सुरक्षामा गम्भीर बन्न प्रधानमन्त्रीले कडा निर्देशन दिए । सार्वजनिक यातायातका चालकलाई आवश्यक तालिम, लाइसेन्सको चेकजाँच, सडकको सुरक्षामा ध्यान दिन निर्देशन दिए । निकै सूक्ष्म तरिकाले व्याख्या गर्दै उनले यात्रुको संख्या छतमा राखे नराखेको, यातायातको अवस्थामा समेत ध्यान दिन भने । देशले र्दुघटनाबाट जनशक्ति गुमाउने र धनको समेत क्षति हुनेतर्फ गम्भीर हुनुपर्ने उनको भनाई थियो ।
सिन्धुपाल्चोकको खाडीचौरमा सडक दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो । उक्त घटनाको दर्दनाक विषयहरु सञ्चारमाध्यममा आएका थिए । देशका अन्य स्थानमा समेत र्दुघटनाका समाचार आइरहे । यसलाई लिएर प्रधानमन्त्री ओली गम्भीर भएका हुन् । Photo Source: PMO Nepal



प्रतिक्रिया दिनुहोस्