Logo

पाँच लाख घुस लिएका मालपोत अधिकृतमाथि अख्तियारको मुद्दा



सिरहा, ३० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख मालपोत अधिकृत रामबाबु मण्डललाई मुद्दा दायर गरेको छ । पाँच लाख घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको उनलाई सोमबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार मण्डलले सेवाग्राहीको नाममा कायम हुन आएको कागजपत्रहरु उपलब्ध गराउन आनाकानी गर्दै उनीहरुबाट पाँच लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । मालपोत अधिकृत मण्डललाई जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा मु्द्धा दायर गरिएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot