ढाका, पुस १ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय न्यायिक अदालत ९आइसिजे०मा सुनुवाइपछि रोहिन्जा मुसलमानबारे म्यानमारको अडानमा ‘नरमपना’ देखिएको बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले बताएका छन्। ‘उनीहरूले आफ्नो अडानलाई नरम पारेका छन्। म्यानमारले मलाई रोहिन्जा शरणार्थीका सम्बन्धमा छलफल गर्न निमन्त्रणा गरेका छन्। यो राम्रो सुरुवात हो,’ बंगलादेशी समाचार संस्था ‘बिडीन्युज–२४’ ले आइतबार मन्त्री मोमेनलाई उद्धृत गर्दै भनेको छ।
रोहिन्जा मुसलमानलाई जातीय आधारमा विभेद गरेको भन्ने आरोपलाई म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले गत बुधबार आइसिजेमा स्पष्ट रूपमा अस्वीकार गरेकी थिइन्। नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा रोहिन्जा समस्या म्यान्मारको घरेलु समस्या भएको र यसको समाधान म्यान्मारले नै गर्ने विश्व मानवअधिकार तथा प्रजातन्त्रको प्रतीक मानिने नेत्री सुकीले बताएकी थिइन्। नागरिक दैनिकबाट