Logo

नेकपा र राजपाबीच २ बुँदे सहमति (पत्रसहित)



काठमाडौं, २ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपा नेपालबीच आउने माघ ९ गते हुने प्रदेश नम्बर २ को राष्ट्रिसभा निर्वाचनका लागि सहमति भएको छ । उनीहरुबीच दुई बुँदे सहमति भएको छ ।

सहमतिपत्रअनुसार प्रदेश नम्बर २ को राष्ट्रिसभा निर्वाचनका लागि रिक्त रहेको चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङगता भएका व्यक्ति वा अल्पसंख्यक समूहका रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेद्धवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सहयोग गर्ने । त्यसैगरि महिला र दलित पुरुष समूहको दुई स्थानमा राष्ट्रिय जनता पार्टी नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्धवारलाई सहयोग गर्ने सहमति भएको छ ।

आज भएको सहमतिको दोस्रो बुँदामा राष्ट्रिय राजनीतिक समसामयिक विषयमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने उल्लेख गरिएको छ । २ बुँदे सहमतिपत्रमा नेकपाका तर्फबाट अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, र राजपा नेपालको तर्फबाट संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot