Logo

अध्यक्ष दाहाल आफै गुटको भेला गर्दै



काठमाडौं, पुस ३। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीमा गुट झाँगिदै गएकाले अनुशासन कमजोर भएको उल्लेख गरेका थिए ।

पार्टी बैठकमा यस्तो प्रतिवेदन प्रस्तुत गरिए पनि अध्यक्ष दाहाल आफैंले आफूनिकटका स्थायी कमिटी सदस्यलाई बोलाएर गुटगत छलफल चलाएका छन् । स्थायी कमिटी बैठक चल्दै गर्दा मंगलबार दाहालले तत्कालीन माओवादी केन्द्रबाट स्थायी कमिटी सदस्य भएकालाई खुमलटारमा बोलाएर छलफल गरेका छन् ।

छलफलमा बर्षमान पुन, देव गुरुङ, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्पा भुषाल, अग्नि सापकोटा, देवेन्द्र पौडेल, मातृका यादवलगायतका नेता सहभागि थिए । छलफलमा सहभागी एक नेताले पछिल्लो राजनीतिक अवस्था र जारी स्थायी कमिटी बैठकबारेमा छलफल भएको बताए ।

छलफलमा स्थायी कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा धारणा राख्दा मिलेर अघि बढ्नुका साथै सबैको सहमतिमै प्रतिवेदन पारित गर्ने विषयमा चर्चा भयो        । यस्तै, रिक्त सभामुख पदको विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा सामान्य छलफल भएको नेकपा स्रोतले जनाएको राजाधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्