Logo

शिल्पाको ‘निकम्मा’



मुम्बई, पुस ३ । बलिउड अभिनेत्री शिल्पा सेट्टी १३ बर्षपछि ठूलो पर्दामा देखिन थालेकी छन् । उनी सब्बिर खानको फिल्म ‘निकम्मा’ मार्फत कमब्याक गर्दे छिन् । शिल्पाको कमब्याक एक्सन थ्रिलर फिल्ममा अभिमन्यु दासानी र सोसल मिडिया सन्सेसन सर्ली सेतिया लिड रोलमा छन् ।

हालै शिल्पाले आफ्नो फिल्मको रिलिज डेटपनि सार्वजनिक गरेकी छन् । उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा आफ्नो कम ब्याक फिल्म निकम्माको फस्र्ट लुक सेयर गर्दे निकम्मा ६ जुन २०२० मा रिलिज हँदैछ । सब्बिर, अभिमन्यु र शर्लीसंग काम गर्दाको अनुभव सानदार रहेको लेखेकी छन् ।

फिल्मबाट आफ्नो १३ वर्ष लामो ब्रोकबारे शिल्पाले भनेकी छन् ‘टाढा रहेपनि म फिल्म उद्योगको हिंस्सा हुँ ।’उनी पछिल्लो पटक २००७ मा फिल्म लाइफ इन अ मेट्रोमा देखिएकी थिइन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot