Logo

सभामुखमा तीन शक्ति तीन तिर, तुम्बाहाङ्फको राजीनामा संसद बैठकपछि



काठमाडौं ४ पुस । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीना दिने तयारी गरेकी छन् । राजीनामा आजै दिने या आइतबार भन्नेमा आन्तरिक छलपल भइरहेको छ । एक नेताका अनुसार आइतबार दिने सम्भावना बढी छ । आजदेखि बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता गरेर सभामुखको चुनावका लागि बाटो खुला गर्ने तयारी छ ।

संघीय संसद पाँचौं अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको बैठक शुक्रबार ४ बजेका लागि आह्वान गरिएको छ । सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका कृष्णबहादुर महराले पदबाट असोज १४ गते राजीनामा दिएपछि उक्त पद रिक्त छ ।

सभामुख पद रिक्त रहेको अवस्थामा संसदका सबै काम उपसभामुखले गर्न पाउनुपर्ने माग तुम्बाहाङ्फेले राख्दै आएकी छन् । तर, संविधान र प्रतिनिधिसभा नियमावलीले सभामुख र उपसभामुखका काम, कर्तव्य र अधिकार स्पष्ट गरेको हुनाले उपसभामुखले त्यस्तो गर्न नमिल्ने राजनीतिक दलहरू र संसद सचिवालयका अधिकारीले बताउँदै आएका छन् ।

उपसभामुख तुम्बाहाङ्फेले शुक्रबार १ बजेका लागि कार्यव्यवस्थ परामर्श समिति बैठक बोलाउन महासचिवलाई भनेकी थिइन् । नेकपाका विभिन्न नेताहरूका अनुसार प्रधानन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख कसलाई बनाउने भन्नेबारे धेरै पटक कुरा भए पनि सहमति जुटिसकेको छैन।
शीतल निवासले पनि सभामुखमा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै बढुवा गर्न ठीक हुने विचार अघि सारेको छ। प्रधानमन्त्री ओलीले प्रचण्डसँग संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सभामुख बनाउनु पर्ने मत राखिसकेका छन्। प्रचण्ड अग्नि सापकोटाका पक्षमा देखिएका छन्। सभामुख नेकपाले पाउन उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनुपर्छ। संविधानअनुसार सभामुख र उपसभामुख एउटै पार्टीको बन्न मिल्दैन।



प्रतिक्रिया दिनुहोस्

Screenshot