Logo

झुन्डाएर तीन दिनसम्म संसद भवनबाहिर लास राख्न आदेश दिने अदालतप्रति मुर्सरफको सम्मान



पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुर्सरफले आफूलाई फाँसी दिई तीन दिनसम्म संसद भवन बाहिर शव राख्न आदेश दिने अदालतको सम्मान गरेका छन् । दुबईमा रहेका मुर्सरफले आफूले अदालतको जहिले पनि ठूलो सम्मान गरेको बताएका छन् ।

बिहिबार दुबईको अस्पतालबाट भिडियो सन्देश दिदै मुर्सरफले अदालतले निष्पक्ष फैसला नसुनाएको दाबी गरेका छन् । अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका उनले केही व्यक्तिको निहित स्वार्थमा आफूलाई सजाय सुनाइएको बताएका छन् ।

पाकिस्तानको अदालतले गरेको फैसलाप्रति सर्वत्र चासो भएको छ । पाकिस्तानी सेनापति हुँदै सैनिक कू मार्फत् सत्ता हातमा लिएर राष्ट्रपति समेत बन्न सफल परवेज मुर्सरफलाई त्यहाँको अदाललते फाँसीको सजाय सुनाएको थियो । मुर्सरफमाथि लागेको अभियोगमा दोषी ठहर गर्दै उनलाई फाँसी दिएर तीन दिनसम्म संसद भवन बाहिर शव झण्ड्याएर राख्ने आदेश दिएको थियो । उनलाई तत्काल झुण्ड्याउने आदेश दिदै फैसलाको विरुद्ध समेत जान नसकिने आदेश दिएको छ ।

पूर्व सेनापतिलाई सजाय तोकेपछि त्यहाँको सैनिकले असन्तुष्टि जनाएको छ । पाकिस्तानी सेनाले पाकिस्तानलाई अस्थिर बनाउने षड्यन्त्र अनुरुप फैसला सुनाइएको बताएको छ ।

सन् १९९८ मा सेनापतिमा बढुवा भएका परवेज मुर्सरफले १९९९ मा सैनिक कू मार्फत् सत्ता हातमा लिएका थिए । नवाज सरिफलाई हटाएर नौ वर्ष पाकिस्तानमा शासन गरेका थिए ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot