Logo

संघीय संसदको हिउँदे अधिवेशन सुरु, अर्को बैठक पुष ११ गते



काठमाडौं, ४ पुष । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । बैठकको अध्यक्षता गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसद आह्वान सम्बन्धि राष्ट्रपति कार्यालयको पत्र र मन्त्रिपरिषद हेरफेरको जानकारी गराएकी थिइन् ।

पूर्व सांसदहरु हरि बैरागी दाहाल, कमला कुमारी घिमिरे, रामलखन महतो र रामेश्वर ढुंगेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक पुस ११ गतेसम्मका लागि स्थगित गरिएको छ ।

संसदको सभामुख चयन प्रक्रिया पुस ११ गतेदेखि शुरु हुने भएको छ । संसद बैठक शुरु हुनुअघि बसेको कार्यव्यवस्था समितिको बैठकमा पुस ११ गते बस्ने संसद बैठकबाट सभामुख चयन प्रक्रिया थाल्ने सहमति भएको हो । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्