Logo

उपेन्द्र-बाबुरामलाई धक्का, २ नम्बर प्रदेशमा राजपा-नेकपाको सरकार बन्ने



काठमाडौं, ४ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपा नेपालबीच प्रदेश नम्बर २ मा सरकार बनाउने सहमति भएको छ । पछिल्लो समय नेकपा र राजपाबीच भएको दुई बुँदे सहमतिले यसको बाटो तय गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालकै सहमतिमा राजपासँग दुई बुँदे सहमति गरिएको हो । नेकपाको ७ वटा प्रदेशमा सरकार बनाउने रणनीतिअनुसार यो सहमति भएको आँकलन गर्न थालिएको छ । अहिले नेकपाको नेतृत्वमा संघीय सरकारमात्रै होईन २ नम्बर प्रदेशबाहेक बाँकी ६ वटै प्रदेशमा सरकार छ ।

अध्यक्षद्धय ओली र दाहालकै रणनीतिअनुसार प्रदेश नम्बर २ मा पनि अहिलेको सत्ता समिकरण भत्काएर नयाँ सरकार बनाउने तयारी भएको छ । यसको लागि राजपाले पनि ग्रिन सिग्नल दिईसकेको छ । नेकपाका अध्यक्ष दाहालले मुख्यमन्त्रीसहित प्रदेश २ सरकारको नेतृत्व राजपाले गर्ने र नेकपाले त्यसमा सहयोग गर्दै सहभागी हुने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा राजपा नेपालका अध्यक्ष मण्डलका प्रायः सबै सदस्यहरुले पनि मौन सहमति जनाएको स्रोतको दाबी छ ।

नेकपा र राजपा नजिकिएपछि प्रदेश दुईको समिकरण फेरिदै

नेकपा र राजपाबीच राष्ट्रिय सभा निर्वाचनको लागि चुनावी सहमति भएको छ । २ सिटमा राजपाले नेकपालाई सघाउने र अर्को २ सिटमा नेकपाले राजपालाई सघाउने सहमति छ । उक्त सहमतिले राजपार्ला केन्द्रीइ सरकारमा सहभागी हुनको लागि पनि बाटो तय गरिदिएको छ ।

प्रधानमन्त्री ओलीले अहिलेको सत्तारुढ दल समाजवादी पार्टीको सरकारबाट बहिर्गमन चाहेको र सोही उद्देश्यस्वरुप राजपासँग दोष्ती बढाएको पनि चर्चा सुरु भएको छ । अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेपछि छलफलमा सहभागी राजपा अध्यक्ष मण्डलका संयोजक महतोले मुसुक्क हाँस्दै छलफललाई निरन्तरता दिनुपर्ने भन्दै सहमति जनाएको राजपा स्रोतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot