Logo

ओली सरकारले गुमायो दुई तिहाई बहुमत ! अब साधारण बहुमत



काठमाण्डौ । लामो समयदेखि सरकारबाट बाहिरिने बताउदै आएको सत्तासाझेदार दल समाजवादी पार्टी नेपालले अन्तत सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार दिउंसो बसेको पार्टी शिर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय संगै अव समाजवादी पार्टीले गर्ला ? नेपाली राजनीतिमा कसरी अगाडी बढ्ला ? भन्ने जस्ता विषयहरुमा समेत चर्चा सुरु हुन थालेको छ ।

समाजवादीले मंगलबार पार्टीको शिर्षतहको बैठक र दिउंसो संसदीय दलको बैठक बोलाएर आधिकारिक रुपमै सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकारमा उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र समेत पठाइसकेका छन । मन्त्रिपरिषद् विस्तारको केही समयमा नै पार्टीले सरकार छोड्ने निर्णय गर्नुमा सोमबारको मन्त्रिपरिषद् बैठकमा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई मुख्य कारण मानिएको छ ।

यादवले संविधानमा रहेको अस्पष्टता र अपूर्णता पूरा गर्नका लागि अब संविधान संशोधनको समय भएको भन्दै प्रस्ताव प्रस्तुत गरेका थिए । यो प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि पार्टी सरकारबाट बाहिरिने निर्णयमा पुगेको समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

अर्को कारण भनेको राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका लागि सत्तारुढ नेकपाले अर्को मधेसवादी दल राजपासँग गरेको सहकार्यको २ बुंदे सहमतिलाई समेत मानिएको छ । त्यसो त यसअघि प्रधानमन्त्री केपीओलीले मन्त्रीपरिषद् पुर्नगठन गर्दा यादवलाई दिइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाएर कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । जुनकुराले पनि यादवले असन्तुष्ट थिए ।

त्योसँगै आफ्ना पार्टीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाइ समेत हटाएका प्रति सिंगो पार्टीका नेताहरुले नै अपमानित महसुुस गरेका थिए । सरकारमा करिव २२ महिनाको यात्रामा समाजवादी सरकार भएपनि सरकारले गर्ने कुनैपनि निर्णयहरुमा समेत परामर्श त परको कुरा सामान्य जानकारी समेत गराउने गरेको थिएन ।

समाजवदीले यो कुरामा पटक–पटक आवाज उठाउदै आएपनि सुनुवाइ भएको थिएन । यसलाई पनि समाजवादीले आफु र आफ्नो पार्टीलाई सत्तारुढ दल नेकपाले अपमान गरेको भन्दै आइरहेका थिए । उता राष्ट्रिय जनता पार्टी राजपासंग पार्टी एकता गर्ने कुरा पनि लामै समय भइसक्यो तर समाजवादी सरकारमै रहेका कारण पार्टी एकताको काम अघि बढ्न सकेको थिएन । तर केही दिन अघि राजपाले सत्तारुढ दल नेकपासंग राष्ट्रिय सभामा चुनावी तालमेल संगै राष्ट्रिय राजनीतिका मुद्धामा सहकार्य गर्दै अघि बढ्ने सहमती भएपछि समाजवादी थप शशंकित भएका थिए ।

समाजवादी सरकारबाट बाहिरिने निर्णय गरेपछि के राजपासंग पार्टी एकता गर्ला वा ? राजपा अव सरकारमा जांला ? समाजवादीको नेतृत्वमा रहेको प्रदेश २ सरकारले के गर्ला ? भन्ने जस्ता विषय अवको चासो र बहसको विषय बनेको छ ।

दुई तिहाई गुम्यो
समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दुई तिहाई बहुमत गुमाउने भएको छ । सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने पक्कापक्की जस्तै छ ।

समाजवादी पार्टीसमेत सम्मिलित हुँदा मात्रै दुई तिहाइ सदस्यको समर्थन थियो । सरकार गठन हुँदा समर्थन गरेको राजपाले यसअघि नै समर्थन फिर्ता लिइसकेको छ ।

अब समाजवादीले पनि समर्थन फिर्ता लिएपछि केपी शर्मा ओली नेतृत्वको सरकारलाई साधारण बहुमत मात्र कायम हुनेछ ।

अब संसदबाट महत्वपूर्ण विषयहरु पारित गर्नुपर्दा चाहिने दुई तिहाइ बहुमत सरकारसँग हुँदैन । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत र्पुयाउन सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्नेछ । तर नेकपासँग १ सय ७४ जना सांसद छन् ।

समाजवादीको समर्थन रहुन्जेल भने सरकारलाई सर्मथन गर्ने सांसदको संख्या १९१ जना हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot