Logo

दूतावासबाट जारी राहदानी पुनः प्रमाणीकरण गरिने



काठमाडौं, पुस ९ । राहदानी विभागले दूतावासबाट जारी भएका राहदानी पुनः प्रमाणीकरण गर्ने भएको छ । राहदानी बनाउन दूतावासबाट आवेदन दिइएका आधारभूत कागजात ९नागरिकता, विवाह दर्ता० नक्कली भेटिन थालेपछि विभागले पुनः प्रमाणीकरणको तयारी गरेको हो ।

पश्चिम एसियाली मुलुक र युरोप–अमेरिकामा रहेका नेपालीले आधारभूत कागजपत्रै नक्कली बनाएर सक्कली राहदानी ९एमआरपी० लगेको उजुरीपछि विभागले कडाइ गर्न थालेको हो । कूटनीतिक–स्थानीय कर्मचारीको मिलेमतोमा यस्ता कार्य हुने गरेको विश्लेषण विभागको छ ।

विभागमा ३० दूतावास, राष्ट्रसंघमा लागि दुई स्थायी नियोग जेनेभा र भियना र ६ महावाणिज्य दूतावासबाट दैनिक ५ सयभन्दा बढी राहदानी आवेदन आउने गरेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगले भने राहदानीसम्बन्धी काम गर्दैन । न्युयोर्कको वाणिज्य दूतावासले राहदानीको काम गर्छ ।

न्युयोर्र्कस्थित महावाणिज्य दूतावास, वासिङटनस्थित दूतावास, कतार, मलेसिया, कुवेत, बंगलादेश, फ्रान्स, स्पेनलगायत दर्जन मुलुकबाट आउने आवेदन छानबिन गरिएको विभागका एक अधिकारीले बताए ।अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्